Logo
Logo

मतदातालाई पैसा बाँडेको आरोप निराधार : खनाल



दाङ । नेकपा (माओवादी केन्द्र)बाट लमही नगरपालिका-१ का वडाअध्यक्षका उमेदवार घनश्याम खनालले आफुले मतदातालाई पैसा बाँडेको भन्ने आरोप निराधार र कपोकल्पित भएको बताएका छन् ।

आफुले बृद्धअवस्थाका कमजोर नागरिकलाई पौष्टिक आहार सेवनका लागि विगत केहि वर्ष अघि डाक्टरहरुको सल्लाह अनुसार रकम प्रदान गर्दै आएको र त्यही तस्वीर सामाजिक संजालमा राखेर एमाले कर्याकर्ताहरुले आफ्नो बदनाम गर्न खोजेको खनालले बताए ।

यस वडामा माओवादी केन्द्रको जित निश्चित भइसकेको देखेर विपक्षी दल एमाले अतालिएको प्रमाण भएको उमेदवार खनालको भनाई छ ।

पैसा लिएको भनिएका सर्वसाधारणसंग बुज्दा उनिहरुले पनि आफुलाई खनालले विगत केही वर्ष अघिदेखि नै पौष्टिक आहार सेवन गर्न सल्लाहसहित केही रकम दिँदै आएको बताएका छन् ।

उमेदवार खनालले सत्यतथ्य नबुझेरै प्रतिशोधको भावना बोकेर आफ्नो प्रतिष्ठामा आँच पुर्‍याउन गरिएको यो हर्कत प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको खनालले बताएका छन् ।

साथै उनले सम्पुर्ण सञ्चार माध्यमहरुलाई निर्वाचनको मौका छोपेर यस्ता अफवाह प्रवाह नगर्नसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्