Logo
Logo

कांग्रेसको सांवा र ब्याज खाने एमाले हो : प्रवक्ता महत


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले नेपाली कांग्रेसले बनाएको नीतिको सांवा र ब्याज खाने पार्टी एमाले भएको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार पत्रकार सम्मेलन गरी लगाएको आरोपको खण्डन गर्न सोमवार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले पत्रकार सम्मेलनमा ६७ बुँदे अपिल सार्वजनिक गर्दै आफूमाथि गम्भीर आरोप लगाएको भन्दै प्रवक्ता महतले ओली झूठको पुलिन्दा भएको आरोपसमेत लगाएका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा काउन्टर पत्रकार सम्मेलन गर्दै उनले एमालेलाई नेपाली कांग्रेसले तयार गरेको नीतिको सांवा र ब्याज खाने पार्टी भन्दै एमाले र अध्यक्ष ओलीको चर्को आलोचना गरेका हुन् ।

‘कांग्रेसको आर्थिक उदारीकरणको नीतिकै कारण जतातै निजी उद्योग फस्टायो,’ प्रवक्ता महतले भने, ‘उहाँले बाँसबारी छाला जुत्ता उद्योग बन्द भएको उदाहरण दिनुहुन्छ । तर, त्यहाँ मुटुरोग अस्पताल बनेको बिर्सिनु भयो ।’

देशमा हिंसात्मक द्वन्द्व नभएको भए विकासले फड्को मारिसक्ने भन्दै उनले स्थानीय तहको स्वायत्तताको अवधारणा ल्याउने पार्टी पनि कांग्रेस नै भएको दाबी गरे ।

‘नेपालको आर्थिक अवस्था नै कांग्रेसले खडा गरेको हो । भ्याट लागू गरेर प्रशस्त राजश्व उठाउने कांग्रेस नै हो,’ प्रवक्ता महतले भने, ‘उद्यम, शिक्षा, पूर्वाधारको क्षेत्रमा अग्रणी भूमिका खेलेर कांग्रेसले २ प्रतिशतबाट आर्थिक वृद्धिदर ७ पुर्याएको छ ।’

प्रतिक्रिया दिनुहोस्