वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा र बारा जिल्लामा यही वैशाख २७ गते राति १२ बजेदेखि मदिरा ओसारपसार, बिक्री तथा वितरणमा पूर्ण रुपमा रोक लगाइएको छ ।
दुवै जिल्लाका सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा ओसारपसार, बिक्री तथा वितरणमा पूर्ण रुपमा रोक लगाइएको हो ।
भोलि राति १२ बजेदेखि नेपाल भारत सिमामा आवागमन बन्दसँगै जिल्लाभर मदिरा ओसारपसार, बिक्री तथा वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
यता बारा जिल्लामा पनि वैशाख २७ गते राति १२ बजदेखि निर्वाचन सम्पन्न नहुञ्जेलसम्मका लागि जिल्लाभर मदिरा ओसारपसार तथा बिक्री वितरणमा पूर्णरुपमा रोक लगाइएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेडाइँले जानकारी दिए ।














