पोखरा । नेकपा एकीकृत समााजवादीका नेता किसान श्रेष्ठले गठबन्धनले जितेमात्र देशमा गणतन्त्र, संघीयता र संविधान रहने बताएका छन् ।
पोखरामा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रम तथा रोजगारमन्त्रीसमेत रहेका श्रेष्ठले गठबन्धनले नजिते मुलुक ठूलो दुर्घटनामा पर्ने चेतावनी दिए ।

मन्त्री श्रेष्ठले भने, ‘यो गठबन्धन नबनेको भए गणतन्त्र, संघीयता र संविधान रहने थिएन । यदि यहाँ गठबन्धनले जितेन भने धेरै मुलुक ठूलो दुर्घटनामा जान्छ ।’ उनले गणतन्त्र जोगाउनका लागि समेत गठबन्धनलाई जिताउनपर्ने बताए ।
मन्त्री श्रेष्ठले आफूहरुले आफ्नै अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाएको भन्दै कांग्रेसले पोखरामा त्यसको गुण तिर्नुपर्ने समेत बताए । पोखरामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य मेयरका उम्मेदवार छन् ।














