Logo
Logo

स्थानीय निर्वाचन समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा : प्रचण्ड


441
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचन समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा भएको बताएका छन् । स्थानीय निर्वाचनको पुर्वसन्ध्यामा मतदातालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधि तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामीहरुले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेको बताए । उक्त षड्यन्त्रलाई परास्त गरी परिवर्तनका एजेण्डा स्थापित गराउन हँसिया हथौडा चिन्हमा मतदान गर्नुपर्ने बताए ।

प्रचण्डद्वारा जारी अपिलमा भनिएको छ- यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन्, त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाईंको रुपमा लिएका छौँ ।’

प्रचण्डले निर्वाचनमार्फत स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा स्वास्थ्य, रोजगारीको सुनिश्चिततामार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सकिने र त्यसको जिम्मेवारी माओवादी क्रान्तिकारीकै काँधमा आएको बताएका छन् ।

उनले भनेका छन्- अग्रगमन र प्रतिगमनको यो लडाईंमा नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा चिन्हमा र गठबन्धनका उमेदवारहरुको चुनाव चिन्हमा मतदान गरी नेपाली जनताका अधुरा सपना पुरा गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढौं ।’

प्रतिक्रिया दिनुहोस्