Logo
Logo

एमालेले चुनाव जिते फेरि संसद भंग हुन्छ : देउवा


2k
Shares

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले चुनाव जिते फेरि संसद भंग हुने बताएका छन् ।

सोमबार सत्ता गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै एमालेले चुनव जिते फेरि पनि केपी शर्मा ओलीले संसद, प्रदेशसभा र स्थानिय तहमाथि आक्रमण गर्ने देउवाले दाबी गरे ।

ओली प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधि सभा विघटन गरेको बताउँदै उनले भने- ‘ओलीले दुई पटक संसद भंग गरेपनि हामीले अदालतबाट फिर्ता ल्यायौं तरपनि एमालेले चल्न दिएन ।’

प्रधानमन्त्री देउवाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे । देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने दाबी गरे ।

अहिलेको सरकारलाई बलियो बनाउन स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी रहेको बताउँदै देउवाले यसका लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी आग्रह गरे ।

प्रधानमन्त्री देउवाले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई कुनै पनि हालतमा सहयोग नगरिने बताउँदै फिर्ता नलिएको खण्डमा कारवाही गरिने बताए ।

धनगढी आफ्ना लागि महत्वपूर्ण भएको बताउँदै सुदूरपश्चिम बासीले नै आफूलाई प्रधानमन्त्री बनाएकाले गठबन्धनले चुनाव जितेमा यहाँ लागि प्राथमिकता दिएर काम गर्ने उनको भनाइ छ ।

त्यस्तै उनले विकास निर्माणका काम र बजेट विनियोजन गर्दा सुदूरपश्चिमलाई प्राथमिकतामा राखिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्