Logo
Logo

पोखरामा कांग्रेसका बागी उम्मेदवारद्वारा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने घोषणा


94.5k
Shares

पोखरा । पाँच दलीय गठबन्धनको निर्णयविपरीत पोखरा महानगरपालिकामा मेयरको उम्मेदवारी दिएका नेपाली कांग्रेसका बागी उम्मेदवार विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले लिएको नीतिप्रति असहमति जनाउँदै कार्कीले बागी उम्मेदवारी दिएका थिए । निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि तोकेको समयमा उम्मेदवारी फिर्ता नलिएका कार्कीले अन्तिम समयमा विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् ।

उम्मेदवरी निष्क्रिय भएको घोषणा गरेका कार्कीले अब गठबन्धनका उम्मेदवारलाई सहययोग गर्ने घोषणासमेत गरेका छन् ।
कार्कीले विज्ञप्तिमा भनेका छन्– ‘साथीहरुको सल्लाह र अग्रज नेताहरुको आग्रह अनुसार मेरो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दछु । अब गठबन्धनका उम्मेदवारलाई सहयोग गर्छु ।’

सत्तारुढ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसका कोपिला रानाभाट उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्