Logo
Logo

पार्टीभित्रको फोहोर पखालिएर गयो : प्रवक्ता प्रकाण्ड


12.1k
Shares

कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्त खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले देश गम्भीर संकटमा रहेको बताएका छन् । नेकपा रास्कोट नगरकमिटी, कालिकोटले आयोजना गरेको चुनावी जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले देश प्रतिगमनको भन्दा दलाल पुँजीवादको कब्जामा गएकाले शंकटको भुमरीमा रहेको बताएका हुन् ।

‘देश प्रतिगमनको खतरा रहेको भनेको नेपालमा फेरि राजा फर्किन्छ भनेको हो ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को भनाइलाई लक्षित गर्दै उनले भने, ‘देशमा नागार्जुन दरबारमा थन्किएको राजाबाट कुनै प्रतिगमन हुँदैन । देशमा प्रतिगमनको खतरा भन्दा दलाल पुँजीवादबाट खतरा छ । त्यसका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्ति मार्फत संघर्ष गरिरहेको छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले एकीकृत जनक्रान्तिको सेवा गर्ने हिसावले स्थानीय चुनाव प्रयोगको नीति लिएको जिकिर गरे । ‘अहिलेको परिस्थिति एकीकृत जनक्रान्तिको रक्षाका लागि हाम्रो बीचमा दुई वटा विकल्प खडा भए । दुई वटा विकल्पमा एकीकृत जनक्रान्तिको रक्षा कुन विकल्पले गर्न सक्छ भन्ने छलफल गर्दै गर्दा चुनावी रणनीति अगाडि आएको हो ।’ उनले भने, ‘कार्यदिशा अनुसार पार्टीलाई जनतासँग जोड्नका लागि चुनावी प्रयोग गर्ने नीति आएको हो । यसले जनतालाई सेवा गर्न ठूलो मद्दत गर्छ ।’

पार्टी फुटको विषयमा कुरा गर्दै उनले पार्टीभित्रको फोहोर सफा भएको बताए । ‘कन्चनजी, सुदर्शनजीले बीस बमन गरिरहनु भएको छ । उहाँहलाई राष्ट्रिय परिस्थिति, अन्तिराष्ट्रिय परिस्थिति र पार्टी एकीकृत जनक्रान्तिको रक्षा गर्नका लागि लिएको नीतिबारे गलत बुझ्नु भयो ।’ उनले भने, ‘उहाँ जस्तो पार्टीभित्रको फोहोर पखालिएको महशुस भएको छ । पार्टीले क्रान्ति छोडेको छैन । एकीकृत जनक्रान्तिको परिकल्पनाकार महासचिव हामीसँगै हुनुहुन्छ । म सहित सिंगो पार्टी हामीसँग छ । त्यसैले यस्ता फोहोरहरु बाहिर जाँदा हामीलाई राम्रै हुन्छ ।’

पार्टीको कार्यनीति अनुसार चुनावमा पार्टीले जिताएका उम्मेदवारलाई जिताउनु रास्कोटी जनताको कर्तव्य भएको उनको भनाई थियो । ‘ह्यवी वीटहरुलाई हामीले निर्वाचनको मोर्चामा खटाएका छौँ । उहाँलाई जिताएर नमुना नगरपालिका बनाउने अवसर आएको छ ।’ उनले भने, ‘यो अवसरलाई सदुपयोग गर्नु रास्कोटी जनताको कर्तव्य हो ।

प्रतिक्रिया दिनुहोस्