पोखारा । पोखरा महानगरपालिकाकी उपमेयर उम्मेदवार कोपिला रानाभाटले आफू महानगरमा सेवा गर्न जान लागेको बताइन् ।

वडा नं. ३२ को चुनावी सभाको सम्बोधन गर्दै उनले पोखरा महानगरपालिका भ्रष्टचारको जालोमा फसेको कारण गठबन्धनले त्यो जालो फाल्नका लागि नेतृत्व लिन जान लागेको बताइन् ।
‘म कुनै पेशा गर्न होइन सेवा गर्न जाँदै छु । राजनीतिमा बटुलेका अनुभव साट्नका लागि उपमेयरको रुपमा प्रस्तुत गरेकी हुँ’, उनले भनिन्, ‘वडा ३२ मा जति विकास हुनुपर्ने भएन त्यसैले यहाँ अध्यक्षमा फेरि एक पटक दोहोरिनुभएको छ ।’
वडा कांग्रेसले जितेपनि महानगरमा एमाले नेतृत्व भएकाले विकासका काम हुन कठिन भएको उनले सुनाइन् । वडाको घोषणापत्र र नगरपालिकाले बनाएको घोषणापत्र साथमा साथ हातमा हात राखेर विकास गर्ने बताइन् । घोषणापत्रमा महिला हक अधिकार सुनिश्चित गरेको उनले सुनाइन् । ६ महिनासम्म सुत्केरी भत्ता र शिशु पोषणभत्ता प्रदान गर्ने उनले बताइन् ।














