Logo
Logo

रूपन्देहीका १६ वटै पालिकामा खटिए कर्मचारी



रूपन्देही । यही ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रूपन्देहीका १६ वटै पालिकामा कर्मचारी जान थालेका छन् । निर्वाचनसम्बन्धि तालिम लिएका कर्मचारी निर्वाचन सामग्री लिएर तोकिएको मतदान केन्द्रमा जान थालेका हुन् ।

जिल्लामा २०८ मतदान केन्द्रमा ७०० मतदानस्थ रहेको र प्रत्येक केन्द्रमा कम्तिमा ५ जना कर्मचारी र ३ जना स्वयमसेवकका खटिएको रूपन्देहीका मुख्य निर्वाचन अधिकृत धनसिंह महरले जानकारी दिए ।

जिल्लामा शान्ति सुरक्षालाई बलियो बनाउन आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको पनि उनले जानकारी दिए । निर्वाचन सम्पन्न भएपछि मतगणनाको काम सम्बान्धित पालिकामा गरिने तयारी भएको पनि महराले जानकारी दिए ।

रूपन्देहीमा एक उपमहानगरपालिका, ६ वटा नागरपालिका र १० वटा गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्