Logo
Logo

हिमालय एयरलाइन्सद्वारा प्रयास नेपाललाई एक वर्षका लागि शैक्षिक सामग्री प्रदान



काठमाडौं । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले प्रयास नेपाललाई वर्षभरि आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गरेको छ । हिमालयले निरन्तर छटौं वर्षका लागि ती सामग्रीहरु प्रदान गरेको हो ।

हिमालयका पदाधिकारीहरुले संस्थालाई आवश्यक पन शैक्षिक पाठ्यक्रमका पुस्तक, नोटबुक, रजिष्टर र क्यालकुलेटर, ज्यामिति बक्स, कलमलगायत स्टेशनरी सामाग्रीहरु प्रदान गरेका हुन् । सहयोग सामाग्रीहरुको हस्तान्तरण काठमाडौँमा एक विशेष कार्यक्रमकाबीच मंगलबार सम्पन्न भएको थियो ।

एअरलाइन्सको तर्फबाट शैक्षिक सामाग्री हस्तान्तरण गर्दै ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले प्रमुख संस्थागत सामाजिक उत्तरदायित्वमध्ये समाज सेवा पनि एक भएको बताइन् । उनले भनिन्, ‘हाम्रा प्रमुख संस्थागत सामाजिक उत्तरदायित्वमध्ये समाज सेवा पनि एक हो । प्रयास नेपालसँगको हाम्रो छ वर्ष लामो सहकार्यले हाम्रो उत्तरदायित्व पुष्टि गरेको छ ।’

सहकार्य हरेक वर्ष अझ बलियो बन्दै उनले बताइन् । उनले भनिन्, ‘विशेषत, हामी अत्यन्तै खुशी छौं किनभने हामीले यस वर्ष युवा पुस्तालाई प्रेरित गर्ने र उनीहरूको भविष्य निर्माणका निम्ति असीमित सम्भावनाहरू खोज्न मद्दत गर्ने उद्देश्यका साथ हाम्रा नियमित सहयोग वाहेक आफ्ना ज्ञान र सीपहरु आदान प्रदान गर्ने शैक्षिक कार्यक्रमको आयोजना गर्ने प्रयास गर्न पायौं ।’

सहयोग हस्तान्तरणको क्रममा प्रयास नेपालकी अध्यक्ष मणी जोशीले आवश्यक शैक्षिक सामाग्री समयमै उपलब्ध गराएकोमा कृतज्ञता व्यक्त गर्दै हिमालय टोलीले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरू निकै जानकारीमूलक भएको र तीनले बाल(बालिकाका लागि अत्यावश्यक र रमाइलो सिकाइ गतिविधि प्रदान गरेको बताइन् ।

सन् २०१७ देखि हिमालय एयरलाइन्सको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको प्रयास नेपाल एक गैरसरकारी, गैर नाफामूलक र समाजिक संस्था हो । विगतका वर्षहरुमा आवश्यक शैक्षिक सामाग्री, खाजा-नास्ता, खाद्यान्नहरूका साथै कोभिड-१९ विरुद्धका सामाग्रीहरुको आपूर्तिमार्फत हिमालय एअरलाइन्सले निरन्तर सहयोग गर्दै आएको छ ।

सन् २०२२ को मे १ मा आफ्नो स्थापनाको १९औं वर्षमा प्रवेश गरेको प्रयास नेपालले विभिन्न सशक्तिकरण कार्यक्रमहरू गर्दै आएको छ । हाल प्रयास नेपालले २६ जना बालबालिकाको रेखदेख गरिरहेको छ ।

उनीहरुको उद्देश्यलाई उच्चस्तरमा पुर्याएर संस्थाको नेतृत्व सम्हाल्ने प्रयास नेपालले सुनिश्चित गरेको छ । बालबालिकाहरूले आफ्नो सीपलाई निखार्दै विभिन्न क्षेत्रहरूमा आफ्नो असाधारण प्रतिभा गरेका छन् । कतिपय थप अध्ययनका लागि विदेश समेत गएका छन् ।

बालबालिकामा उड्डयन उद्योग, पेशा र व्यावसायिक पाठ्यक्रमबारे चेतना जगाउने उद्देश्यका साथ यस वर्ष हिमालयले बालबालिकाका लागि अनुभव आदान(प्रदान गर्न एक विशेष शैक्षिक सत्रको आयोजना गरेको थियो । यसक्रममा हिमालय एअरलाइन्सका जहाजका अनुभवी चालकदलले बालबालिकासँग अन्तरक्रिया गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्