
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । अध्यक्ष प्रचण्ड भोली (शुक्रबार) हुने मतदानका लागि बुधबार नै चितवन पुगेका हुन् ।
प्रचण्ड आज माडी जाँदै छन् । प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरको उमेदवार रेनु दाहाललाई भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गर्दै छन् । पाँच दलीय गठबन्धनबाट मेयरमा रेनु दाहालको उमेदवारी छ ।
माओवादी केन्द्र चितवनका संयोजक आरसी अधिकारीले मेयर उमेदवार स्वयं रेणुले पनि पुलिस स्कुलबाट मतदान गर्ने जानकारी दिए । ‘दुबै जनाले पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्दै हुनुहुन्छ । कतिबेला गर्ने भनेर समय भने तय भइसकेको छैन’, उनले भने ।














