Logo
Logo

प्रचण्डसहित शीर्ष नेता मतदान गर्न चितवनमा


2.7k
Shares

काठमाडौं । भोलि हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरु गृहजिल्ला चितवन पुगेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एमाले)का उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा गृहजिल्ला चितवन पुगेका हुन् । प्रचण्ड बुधवार चितवन पुगेका हुन् ।

उनी गृहजिल्ला चितवन मतदानका दिनसम्म बस्ने कार्यक्रम रहेको छ । उनको मतदानस्थल भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर रहेको छ । सो मतदानस्थल उनीलगायत एक हजार ६७८ जना मतदाता छन् ।

यस्तै एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ स्थित भण्डाराबाट मतदान गर्दै छन् । उनले भण्डारा अस्पताल मतदानस्थलबाट मतदान गर्दै छन् । सो मतदानस्थलमा तीन हजार ६५ मतदाता छन् ।

यस्तै एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापाले भरतपुर महानगरपालिका–१० बाट मतदान गर्दै छन् । उनले स्थानीय नारायणी नमूना माध्यमिक विद्यालयबाट मतदान गर्नेछन् । सो मतदानस्थलमा भने पाँच हजार ८३६ मतदाता छन् ।

एमाले नेताद्वय पाण्डे र थापा निर्वाचनको प्रचार–प्रसारमा जिल्ला गएर बसेका थिए । यस्तै भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवार पाँच दलीय गठबन्धनकी रेनु दाहालले आधारभूत विद्यालय सुन्दरबस्ती भरतपुर महानगरपालिका–१४, एमालेको प्रमुखका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका–१२ स्थित मोहन माविबाट मतदान गर्दै छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माविबाट मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्