Logo
Logo

कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जना पार्टीबाट निलम्बित


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई पार्टीबाट निलम्बन गरेको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका चितवनका ५ नेताहरुलाई निलम्बन गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीका अनुसार भरतपुर महानगरपालिका–१ का पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ का नेपाल तरूण दलका पूव केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, भरतपुर–१६ का क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर–२ का तरूण दलका पूर्वजिल्ला सचिव आनन्दराज राउत र भरतपुर–८ का क्रियाशील सदस्य डा. केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो ।

यसअघि स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको साझा उम्मेदवार रेनु दाहालविरुद्ध कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएपछि उनलाई कांग्रेसले निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्