Logo
Logo

सुर्खेतमा खस्यो ११ बजेसम्म २५ प्रतिशत मत


441
Shares

सुर्खेत । स्थानीय तहका लागि भइरहेको निर्वाचनमा सुर्खेतमा बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ ।

जिल्लाभर शान्त र भयरहित वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले बताए । उनका अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म २५ प्रतिशतको हाराहारीमा मत खसेको छ ।

चालिसेले भने, ‘रिपोर्ट लिने काम जारी छ, ११ बजेसम्म २५ प्रतिशत मतदान भएको जानकारी आएको छ ।’ जिल्लामा कूल २९१ मतदान केन्द्र छन् ।

यसका लागि १०४५ जना कर्मचारी खटाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्