
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनका कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाएका छन् ।
स्थानीय तह निर्वाचन अन्र्तगतको मतदान प्रकृयामा सहभगी भएपछि प्रतिकृया दिँदै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।
तोकिएको समयमा निर्वाचन नहोला कि भन्ने आशंका रहेता पनि समयमा निर्वाचन शूरु भएको भन्दै खुशी व्यक्त गरेका ओलीले आफ्ना कार्यकर्तामाथि आक्रमण हुनु अलोकतान्त्रिक व्यवहार भएको बताएका हुन् ।
ओलीले भने– ‘निर्वाचन नहोला कि भन्ने आशंका थियो । तर, समयमै सम्पन्न हुने क्रममा छ । तर, पाँच दलीय गठबन्धनका कार्यकर्ताले हाम्रा कार्यकर्तामाथि आक्रमण गरेका छन् यो लोकतान्त्रिक व्यवहार हो ।’
एक्लै निर्वाचन लड्ने अवस्था सकिएको भनेका ओलीले पाँच दलको भन्दा एमाले एक्लैले धेरै सिट जित्नेसमेत दावी गरेका छन् ।














