
काठमाडौं । धादिङको उत्तरी क्षेत्र रुविभ्याली गाउँपालिकामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
खादिङ भन्ने मादान केन्द्रमा भने सम्पन्न भएको निर्वाचन अधिकृत भीमप्रसाद भण्डारीले जानकारी दिए । उक्त मतदान केन्द्रमा ४ सय १८ जना मतदाता रहेकोमा लगभग सबैले भोट हालिसकेका छन् ।
‘एकदुई जना छुट्नु भएको हुन सक्छ ता पनि हामी केही समय पर्खन्छौं,’ उनले भने । गाउँपालिकामा समग्र ४० प्रतिशत मतदान भइसकको उनले जानकारी दिए ।
रुविभ्याली गाउँपालिकाको अध्यक्षमा यसभन्दा अघि राप्रपाले जित हासिल गरेको थियो ।














