Logo
Logo

विवाद र झडप भएका ठाउँमा थप सुरक्षाकर्मी पठाइँदै


945
Shares

काठमाडौं । देशका धेरै ठाउँमा शान्तिपूर्ण मतदान भइरहे पनि केही ठाउँमा विवाद र झडपका घटना भएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीका अनुसार विवाद र झडप भएका ठाउँमा थप सुरक्षाकर्मी पठाउने काम भइरहेको छ ।

गाडीबाट छिट्टै पुग्न नसकिने ठाउँमा हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाउने काम भइरहेको उनले बताए ।

पालिका चुनावलाई व्यवस्थित र शान्तिपूर्ण बनाउने प्रयास भइरहे पनि केही ठाउँमा भइरहेका झडप र विवादले वातावरण बिथोलेको छ ।

चुनावको सुरक्षाका लागि सेना, सशस्त्र, नेपाल प्रहरी र म्यादी गरी साढे दुई लाखभन्दा धेरै सुरक्षाकर्मी परिचालित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्