Logo
Logo

सिन्धुपाल्चोकमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, मतपेटिका तोडफोड


2.2k
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-१ को भुवनेश्वरी आधारभुत विद्यालय मतदानस्थलमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

झडप भएपछि मतदान रोकिएको छ । कांग्रेस र एमालेक कार्यकर्ताबीच हात हालाहात गरेपछि मतदान अधिकृतले मतदान स्थगित भएको सूचना जारि गरेका हुन् ।

मतदान केन्द्रमा एउटै मान्छेले दुई पटक मतदान गरेको भन्दै कार्यकर्ताबीच सुरु भएको विवादले उग्ररुप लिएपछि झडप भएको हो ।

अधिकृत राजेन्द्र प्रसाद वाग्लेका अनुसार मतपेटिका तोडफोड गर्नुका साथै मतपत्र समते च्यातेका छन् । झडपमा परी चार जना घाइते भएका छन् ।

घटना भएलगत्तै नेपाली सेनाको टोली सो क्षेत्रमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्