काठमाडौं । स्थानीय तह निर्वाचनमा दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा देशभर करिब ४१ प्रतिशत मतदान भइसकेको उल्लेख छ ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा न. १७ मा भने आज मतदान भएको छैन ।
महाराजगञ्जमा उपमेयरको उम्मेदवार र तुलसीपुर–१७ मा वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएकाले आज मतदान नभएको हो ।














