रुकुम पश्चिम । नेपाली कांग्रेसबाट बाँफिकोट गाउँपालिकाको अध्यक्षका उम्मेदवार जनककुमार बाँठाको गाडीको ठक्करबाट मतदाता घाइते भएका छन् ।
बाँफिकोट–७ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ढारबाङ मतदानस्थलमा उक्त गाडीले ठक्कर दिँदा बाँस्थलाका अन्दाजी ६२ वर्षीय पर्जे खत्री घाइते भएका हुन् ।
गाडीको ठक्करबाट घाइते खत्रीको छिन्खेतमा प्राथमिक उपचारपछि जिल्ला अस्पतालमा थप उपचार हुँदैछ । सबै मतदानस्थल घुमिरहेका बाँठा मतदानस्थल पुग्दा होहल्ला भएको थियो ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार होहल्ला भएपछि गाडी फर्काउने क्रममा गाडीले खत्रीलाई हानेको हो ।
गाडी चालक र उम्मेदवार बाँठालाई सुरक्षित गरिएको र केही समय रोकिएको मतदान पुनः सुचारु हुने अवस्थामा रहेको उनले बताए ।











