
बैतडी । बैतडीमा स्थानीय तहको निर्वाचनमा मतदान गर्न गएका एक जना वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार जिल्लाको पाटन नगरपालिका– ६ टुडेगैरका ७० वर्षीय डबलसिंह विष्टको मृत्यु भएको हो ।
कृष्ण माध्यमिक विद्यालयमा रहेको पाटन मतदान केन्द्रमा पुग्नेबित्तिकै बेहोस भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो ।
स्वास्थ्य केन्द्रका डाक्टरले उनलाई मृत घोषणा गरेका हुन् । दमबाट पीडित विष्टलाई स्ट्रेचरमा बोकेर मतदान केन्द्रमा लगिएको थियो ।











