
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ स्थित पशुपति भवन माध्यमिक विद्यालयमा रहेको ग्वानि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको छ ।
झडपलाई नियन्त्रण गर्न प्रहरीले ५ राउन्ड हवाई फायर गरेर साम्य पारेको छ । घटनास्थलमा प्रहरी, सशस्त्र र सेनासमेत पुगेपछि तनावपूर्ण स्थिति अहिले साम्य भएको छ ।











