Logo
Logo

सप्तरी डाक्नेश्वरीको स्थगित मतदान जेठ १ गते हुने


819
Shares

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर–२ स्थित एक मतदान केन्द्रमा स्थगित भएको निर्वाचन जेठ १ गते हुने भएको छ ।

डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर–२ को हरिरबा जनता मावि मतदान स्थलमा विवादपछि एउटा समूहले मतपेटिकामा तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित गरिएको हो ।

निर्वाचनलाई स्थगित गर्दै जेठ १ गते गर्ने निर्णय भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् ।

उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ । २ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केही व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट गर्दै मतदानस्थलका कागजातहरु समेत च्यातेका थिए ।

प्रतिक्रिया दिनुहोस्