Logo
Logo

बारपाक सुलिकोटको माइकोट माविमा मतदान स्थगित


756
Shares

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ स्थित माइकोट मावि कोटथोक ‘क’ मतदान केन्द्रमा मतदान एक घण्टादेखि स्थगित छ ।

उक्त केन्द्रमा खटिएका कर्मचारी सञ्जीव थापा नजिकैको चन्द्रकला माविको मतदान केन्द्रमा मतदान गर्न गएको विषयमा विवाद चर्किएपछि मतदान रोकिएको हो ।

कांग्रेस प्रतिनिधिले कर्मचारी अन्यत्र मतदान गर्न गएको विषयमा विरोध जनाएका छन् । उक्त केन्द्रमा खटिएका मतदान अधिकृत ईश्वर कुमालका अनुसार सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्न पहल गर्दा पनि सहमति जुट्न सकेको छैन ।

‘उहाँहरूले सुरुमा कर्मचारीलाई कारबाहीको माग राख्नुभयो, हामीले कर्मचारीलाई पनि निर्वाचन अधिकारीको कार्यालयमा पठाइसक्यौँ,’ उनले भने, ‘सर्वदलीय बैठक बसौँ, निर्वाचन सुरु गरौँ भनेको त्यसो हुन सकेको छैन ।’

प्रतिक्रिया दिनुहोस्