Logo
Logo

देशभरका ५३ केन्द्रमा मतदान अवरुद्ध


504
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनअन्तर्गत देशभरका ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको जनाएको छ ।

दल र उम्मेदवारहरूबीचको विवाद, झडप र अन्य कारणले समेत गरी आज अपराह्नसम्ममा देशभरका ५३ वटा केन्द्रमा मतदान अवरुद्ध भएको आयोगले जनाएको हो । आयोगका अनुसार ताप्लेजुङ्गको आठराई त्रिवेणी, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी, दोलखाको तामाकोशी, मेलुङ र बैतेश्वरका एक–एक वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको थियो ।

त्यस्तै, सिन्धुलीको कमलामाई, दुधौली, तिनपाटन, हरिहरपुरगढी, धनुषाको मिथिला, महोत्तरीको भँगाहा, सर्लाहीको चक्रभट्टा र हरिभवन, नुवाकोटको पञ्चकन्या, काठमाडौंको शंखरापुर, काभ्रेको रोशी, मकवानपुरको मकवानपुरगढी, रौतहटको ईशनाथ, बाराको सुवर्ण, आदर्श कोटवाल, कोल्हवी र जीतपुरसिमरा तथा दाङको घोराहीका एक–एक वटा केन्द्रमा मतदान रोकिएको छ ।

त्यस्तै कालिकोटको सान्नी त्रिवेणी, हुम्लाको चंखेली, दैलेखको आठबीसकोट, बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामीकातर्तितक, अछामको ढकारी र पञ्चदेवल, पर्साको जिराभवानी, चितवनको खैरहनी र भरतपुर, रोल्पाको लुङ्गी तथा कैलालीको टिकापुर र बर्दगोरियाका एक–एक वटा मतदान केन्द्रहरूमा मतदान प्रभावित भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्