Logo
Logo

अछामका दुई मतकेन्द्रमा मतदान स्थगित, मतपत्र च्यातियो


2.6k
Shares

अछाम । अछामका दुई मतकेन्द्रमा निर्वाचन स्थगित भएको छ । पञ्चदेवल विनायक नगरपालिका–५ लयाटी र साँफेबगर नगरपालिका– १३ बाब्लामा मतदान प्रकृया स्थगित भएको हो ।

लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र गठबन्धनका उम्मेदवारपक्षबीच झडप भएको थियो । त्यसक्रममा मतपेटिका तोडफोड गरिनुका साथै मतपत्रसमेत च्यातिएका छन् । त्यसक्रममा चार जना घाइते भएको जनाइएको छ ।

उता साँफेबगर नगरपालिका–१३ बाब्लामा कांग्रेस–नेकपा एकीकृत समाजवादी गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच बिबाद भएपछि मतदान स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्