काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिका–६ स्थित प्रभा माविमा रहेको केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ ।

मतदान अधिकृतले इच्छाइएको व्यक्तिले भनेको भन्दा फरक पार्टीमा मत हालेको भन्दै विवाद हुँदा मतदान स्थगित भएको थियो । त्यसक्रममा आक्रोशित भीडले खाली मतपेटिका तोडफोड गरेका थिए ।
सर्वदलीय बैठकपछि अहिले मतदान पुनः सुरु भएको हो । साँझ ५ बजेसम्म तोकिएको मतदानको समय तीन घण्टा थपेर ८ बजेसम्म पु¥याइएको छ ।














