रौतहट । रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो ।

मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका थिए । सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेका हुन् ।
यस सम्बन्धमा प्रशासनको ध्यानाकर्षण गराइसकिएको उक्त गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियाले जानकारी दिए ।














