चितवन । मतगणनाका लागि चितवनको भरतपुर महानगरपालिकामा सर्वदलीय बैठक बस्दै छ । सबै मतपेटीका संकलन गरेर मात्रै सर्वदलीय बैठक बस्ने भएको हो ।

सर्वदलीय बैठक सकिएपछि राति १२ बजेदेखि मात्रै मतगणना हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भरतपुरको मेयरमा मुख्यतः गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।
भरतपुर महानगरको मत गणना अन्तर्राष्ट्रिय औधोगिक प्रदर्शनी केन्द्रमा हुने छ । मत गणनाको लागि केन्द्रको सि ब्लकमा आठवटा सिसिटिभि जडान गरिएको छ भने तार जाली लगाइएको छ ।
सात वटा समुहमा मत गणना गर्न सकिने गरी तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताए । भरतपुर महानगरपालिकामा २९ वटा वडा रहेका छन् ।














