काठमाडौं । काठमाडौं महानगरपालिकाको सबै मतदान केन्द्रमा मतदान कार्य सम्पन्न भएको छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका मतगणना हुने राष्ट्रिय सभागृह पुर्याइएको छ ।
निर्वाचन आयोगले मतदानका लागि निर्धारण गरेको साँझ ५ बजेसम्ममा सबै केन्द्रमा मतदान सम्पन्न भएको थियो ।
काठमाडौं महानगरपालिकाको मत गणना आज राति ८ बजेबाट शुरु गर्ने तयारी गरिएको छ ।
काठमाडौंमा प्रमुख पदका लागि सत्तारुढ गठबन्धनबाट र्सिजना सिंह र नेकपा एमालेबाट केशव स्थापित प्रतिस्पर्धामा छन् ।
तस्बिरमा हेरौं मतपेटिका संकलन–




















