Logo
Logo

निर्वाचनमा सुरक्षा कमजोर भएको आयोगको निष्कर्ष


16.9k
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आवश्यक सुरक्षा प्रवन्ध गर्न नसकिएको निष्कर्ष निकालेको छ ।

शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशैभरी एकैसाथ निर्वाचन गराउने क्रममा आवश्यक सुरक्षा प्रवन्ध गर्न नसकेको बताए ।

थपलियाले भने, ‘एकै चरणमा निर्वाचन गर्नु परेका कारण अलिकति भनेजस्तो सुरक्षा बन्दोबस्त हुन नसकेको हो कि भन्ने आयोगले प्रारम्भिक अनुमान गरेको छ । राजनीतिक दल तथा उम्मेदवारहरूका बीच जुन सुझबुझपूर्ण सम्बन्ध र सहयोग हुनु पर्ने हो तदनुसारको नहुँदा र त्यो अनुसारको व्यवस्थापन नहुँदा, साना कुरामा पनि विवाद सृजना भइ त्यसले उग्ररूप लिँदा त्यसप्रति आयोग चिन्तित बनेको छ ।’

देशभरका ७५३ पालिकाका २२ हजार बढी मतदान केन्द्रमा शुक्रबार एकसाथ मतदान भएको थियो । तर राजनीतिक दलका कार्यकर्ताबीच भएको झपडका कारण १४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

यो पटक कतिपय स्थानमा मतपत्र च्यातिएको छ भने कतिपय ठाउँमा मतपेटिका तोडफोड भएको छ ।

प्रतिक्रिया दिनुहोस्