रामेछाप । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना भएको छ ।

रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेकोना ७ ख ३५०४ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनमा परी तीन जना घाइते भएका छन् । म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएको प्रहरीले जनाएको छ ।














