मनाङ । स्थानीय तह निर्वाचनअन्तर्गत मनाङमा मतगणना सुरु भएको छ ।
मनाङका चार पालिकामा साँझ ८ बजेबाट मतगणना सुरु भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

उनकाअनुसार मनाङ ङिस्याङ गाउँपालिकाको होम्बे, नार्पाभूमि गाउँपालिकाको च्याखु, चामे गाउँपालिकाको दामे र नासों माटो गाउँपालिकाको धारापानीमा मतदान भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार मनाङको चामे गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
एमालेका अध्यक्ष पदका उम्मेदवार लोकेन्द्रबहादुर घलेले अहिलेसम्म १५२ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३० मत प्राप्त गरेका छन् ।
उनले भोलि विहानसम्म अन्तिम मतपरिणाम आउने पनि जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनाङमा ६२ दशमलब ६० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगको मतदाता अन्तिम नामावलीअनुसार यहाँ कूल ६ हजार ४९६ मतदाता छन् ।














