Logo
Logo

जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता


4.7k
Shares

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवारले नै अग्रता लिएका छन् । बिहान पौने पाँच बजेदेखि सुरू भएको वडा नम्बर १ को मतगणनाको क्रममा नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहको घन्टाघर चिह्नमा ३९ मत खसेको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार बलराम महतोको आँप चिह्नमा १० मत परेको छ । अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहको लालटिन चिन्हमा ७ मत परेको छ ।

एमालेका शिवशंकर साह हिराको पक्षमा पनि ७ मत परेको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मनोज साहको साइकल चिन्हमा ३ र गठबन्धनको तर्फबाट जसपाका गठबन्धन उम्मेदवार लालकिशोर साहको छाता चिन्हमा ३ मत परेको छ ।

जनकपुरमा अघिल्लो निर्वाचनमा तत्कालीन राष्टिय जनता पार्टीबाट लालकिशोर मेयरमा निर्वाचित भएका थिए । मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्