
काठमाडौं । रोल्पाको माडी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारलाई नेकपा (एमाले)–नेपाली कांग्रेस गठबन्धनका उम्मेदवारले उछिनेका छन् ।
अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारभन्दा पछि भएपनि उपाध्यक्षमा भने माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् । गाउँपालिका अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार एमालेका विजयकुमार घर्ती मगरले ४ सय १६ मत प्राप्त गरेका छन् ।
माओवादी केन्द्रका उम्मेदवार अमरसिंह घर्ती मगर गठबन्धनका उम्मेदवारभन्दा ८ मतले पछि छन् । उनले ४ सय ८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने माओवादी केन्द्रकी जयपुरी घर्तीले ४ सय १२ मतसहित अग्रता हासिल गरेकी छन् ।
उनलाई कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारले ३ सय ७४ मतसहित पछ्याइरहेका छन् । माओवादी केन्द्रका नेता वर्षमान पुनको गाउँ माडीचौर सोही गाउँपालिकामा पर्छ ।














