
महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
वडा नम्बर १ को सुरुवाती ४ सय ५ मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवारले १ सय ९० मत प्राप्त गरेका छन् । उपमेयरमा पनि कांगे्रस नै अघि छ । उपमेयरका उम्मेदवारले १ सय ९४ मत प्राप्त गरेका छन् ।
यस्तै, एमाले र कांग्रेस (बीपी) को गठबन्धनका उम्मेदवार कांग्रेसभन्दा पछाडि देखिएका छन् । मेयरमा कांग्रेस बीपीका उम्मेदवारले १ सय ६१ प्राप्त गरेका छन् भने उपमेयरले १ सय ६२ मत प्राप्त गरेका छन् ।














