
काठमाडौं । गोरखाको पालुङटारमा जनता समाजवादी पार्टीका मेयर उम्मेदवार अगाडि छन् । यहाँ जसपा र नेकपा एमालेले चुनावी तालमेल गरेका थिए ।
जसपाका मेयर उम्मेदवारले अहिलेसम्म २५५ मत ल्याएका छन्। यहाँ नेपाली काँग्रेसका मेयर उम्मेदवारले १९१ र नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवारले १६४ मत ल्याएका छन्।
उपमेयरमा काँग्रेसका उम्मेदवारले १८८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले १६९ ल्याएका छन्, भने नेकपा एमालेको उम्मेदवारले ६२ मत ल्याएका छन् । पालुङटार जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृहनगर हो ।














