Logo
Logo

सोलुखुम्बुमा झडप हुँदा एक जनाको मृत्यु


2.6k
Shares

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा मतदातालाई घर लैजाने विषयमा विवाद हुँदा भएको दोहोरो झडपका क्रममा एक जनाको मृत्यु भएको छ ।

वडा नम्बर ३ मा भोट खसाल्न आएकी बिरामी वृद्धा महिलाको मृत्युपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको हो ।

हिजो साँझ भएको घटनामा घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्