Logo
Logo

एमाले कांग्रेसको गठबन्धनलाई पराजित गर्दै माओवादीको प्यानलै विजयी


97.7k
Shares

काठमाडौं । कुमाख गाउँपालिका-१ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर काँग्रेस-एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् ।

काँग्रेस-एमाले गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरेका छन् । यस्तै महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

काँग्रेस-एमाले गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका मानबहादुर बुढाथोकीकै वडामा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो । उक्त वडाबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बुढाथोकीलाई ५५८ मत प्राप्त भएको छ भने माओवादी केन्द्र अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीले ५१७ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपाध्यक्ष पदमा माओवादी केन्द्रका धनसरा मल्लले ५५८ मत प्राप्त गरेका छन् भने काँग्रेसएमाले गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार एमालेका लालबहादुर रावतले ४८० मत प्राप्त गरेका छन् । कुल मतदाता १७३९ रहेको कुमाख गाउँपालिका १ मा १२१४ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्