Logo
Logo

प्युठानको सरुमारानी गाउँपालिका-६ मा एमाले विजयी


3k
Shares

प्युठान । प्युठानको सरुमारानी गाउँपालिका–६ तिरामको वडाध्यक्षमा नेकपा (एमाले)का २८ वर्षीय तीलबहादुर बुढाको प्यानल विजयी भएको छ ।

विजयी बुढाले ६ सय ९५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का बोमबहादुर पुनले ४ सय ४३ मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेका एनुका राहुं, दलित महिला सदस्यमा एनुका विक तथा खुला सदस्यमा नमबहादुर उलुङ्गे र खड्गबहादुर महरा विजयी भए ।

उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदका लागि एमाले ६ सय ९२ र उपाध्यक्षमा ६ सय ८८ मत ल्याएर अग्रता कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्