
भोजपुर। भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर नम्बर १ मा नेपाली कांग्रेसका गणेश बुढाथोकी विजयी भएका छन् ।
कांग्रेसका बुढाथोकीले ३७८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन ।
बुढाथोकीका प्रतिद्वन्दी एमालेका मिन बहादुर थापाले ३६० मत मात्रै ल्याएका छन् ।
यस्तै वडासदस्यहरुमा एमालेका १ र नेपाली काँग्रेसका ३ जना निर्वाचित भएका छन् ।














