Logo
Logo

सुनसरीमा मतगणना सुरु, कांग्रेस, एमाले र जसपाको एक-एक स्थानमा अग्रता


1.8k
Shares

विराटनगर । सुनसरीका विभिन्न पालिकामा मतगणना सुरु भएको छ । दुहबी नगरपालिका, कोशी र भोक्राह गाउँपालिकाका प्रारम्भिक परिणामहरू सार्वजनिक भएका छन् ।

दुहबीमा नेपाली कांग्रेस, कोशी गाउँपालिकामा जनता समाजवादी पार्टी र भोक्रा नरसिङ गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवारहरुले प्रारम्भिक अग्रता लिएका छन् । त्यस्तै, हरिनगरमा पनि मतगणना सुरु भएको छ ।

तर, धरान र इटहरी उपमहानगरपालिकामा भने मतगणना अझै सुरु भएको छैन । कोशी गाउँपालिकाको अध्यक्षका उम्मेदवारहरु कांग्रेसका ऐयुब अन्सारीले २५, जनता समाजवादीका देवकृष्ण यादवले ५१ र एमालेका अजय कुशियैतले ११ मत ल्याएका छन् ।

यस्तै, भोक्राहा नरसिंह गाउँपालिका १ मा ३ सय मतगणना हुँदा अध्यक्षमा कांग्रेसले ६९, एमालेले ७१ र राप्रपाले ६१ मत पाएको छ । त्यस्तै, उक्त गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसले ६९, एमालेले ५४ र राप्रपाले ६५ मत प्राप्त गरेको छ ।

यसैगरी, दुहबी नगरपालिकाको मेयरमा कांग्रेसले २२० र एमालेले १५९ मत पाएको छ भने उपमेयरमा कांग्रेसले १८३, जसपाले ४१, राप्रपाले ३५ र माओवादीले ३ मत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्