काभ्रे । धुलिखेल नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सन्तबहादुर लामा निर्वाचित भएका छन् ।
निकटतम् प्रतिद्धन्दी नेकपा (एमाले)का उम्मेदवार बहादुर तामाङलाई एक सय ६ मतले पराजित पर्दै लामा विजयी भएका हुन् । सन्तबहादुरले ५ सय ७३ र बहादुरले ४ सय ६७ मत प्राप्त गरेका छन् । कूल १२ सय ८४ मत खसेको थियो ।
कांग्रेसबाटै दलित महिला सदस्यमा गोमा विश्वकर्मा, महिला सदस्यमा चन्द्रमाया तामाङ र खुला सदस्यमा दीपक घोरसाइने निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईका अनुसार एमालेबाट खुला सदस्यमा लाक्पा लामा निर्वाचित भएका छन् ।














