
काठमाडौं । रोल्पा माडी गाउँपालिका- १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवारी विजयी भएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपासहितको गठबन्धनलाई पराजित गर्दै माओवादीका उम्मेदवार रोहित घर्ती मगर विजयी भएका हुन् ।
निर्वाचित घर्तिले ८ सय ७५ मत ल्याएका छन् भने प्रतिस्पर्धी एमालेका उम्मेदवारले ८ सय ४८ मत प्राप्त गरेका छन् ।
माओवादी केन्द्रले यस वडामा प्यानलै जित हात परेको हो ।