Logo
Logo

माधव नेपालको गृह जिल्लामा एकीकृत समाजवादीको अग्रता



रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार शम्भु साहले २७२ मतसहित सुरुवाती अग्रता लिएका हुन् ।

हालसम्म ४०० मत गणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेद्वार अजयकुमार गुप्ताले ६५ मत ल्याएका छन् । नेपाली कांग्रेसका मोहनकुमार यादवले ४१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्