Logo
Logo

बुटवलमा ११ सय मतगणना : झन्डै दोब्बर मतले कांग्रेस अघि हुँदा एमाले तेस्रो



बुटवल । बुटवल उपमहानगरपालिको ११ सय मत गणना हुँदा कांग्रेसबाट मेयरका उम्मेदवार झन्डै दोब्बर मतले अगाडि देखिएका छन् ।

वडा नम्बर १ को ११ सय मत गन्दा कांग्रेसका खेलराज पाण्डेले ४९६ मत पाएका छन् भने दोस्रोमा रहेका राप्रपा उम्मेदवार मृगेन्द्रकुमार शेरचनले २६१ मत पाएका छन् ।

अघिल्लो पटक मेयर जितेको नेकपा (एमाले) अहिलेसम्म बुटवलमा तेस्रो स्थानमा छ । एमाले उम्मेदवार बाबुराम भट्टराईले १९५ मत पाएका छन् ।

मतगणना कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्