काठमाडौं । ललितपुर महानगरपालिकाको मतगणना कार्य सुरु भएको छ ।
बिहान ७ बजे बसेको सर्वदलीय बैठकको निर्णय पछि वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो । महानगरको प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा (एमाले)बाट हरिकृष्ण ब्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार छन् ।
उपप्रमुखमा एमालेबाट मञ्जली शाक्य (आस्था), नेकपा (माओवादी केन्द्र) बाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगायत उम्मेदवार छन् ।