Logo
Logo

सर्लाहीका १२ पालिकाको मतगणना सुरु


441
Shares

सर्लाही । मुलुकमै सबैभन्दा बढी २० स्थानीय तह रहेको सर्लाहीका १२ वटा स्थानीय तहमा मतगणना कार्य सुरु गरिएको छ ।

मलंगवा, हरिवन, लालबन्दी, हरिपुर, हरिपूर्वा र बलरा नगरपालिका तथा पर्सा, ब्रम्हपुरी, चन्द्रनगर, रामनगर, धनकौल र विस्णु गाउँपालिकामा मतगणना सुरु भएको हो ।

बाँकी ७ वटा पालिकामा भने मतगणनाका लागि सर्वदलीय छलफल भइरहेको छ । बरहथवा नगरपालिकामा भने मतगणना सुरु हुनसकेको छैन ।

बरहथवाको वडा नम्बर १७ मा हिजो मतदानलाई मात्र गणना गर्ने कि पुनः मतदान गराउने भन्नेमा अन्यौलता देखिएको हो । त्यहाँ दलहरुबीच विवाद देखिएको छ । उनीहरुले आम मतदाताले मत हाल्न नपाएको दाबी गरिरहेका छन् ।

त्यहाँको बारेमा निर्वाचन आयोगले केहीबेर पछि निर्णय गर्ने जिल्ला निर्वाचन कार्यालय मलंगवाका निर्वाचन अधिकारी दिवाकर भूजेलले बताए ।

प्रतिक्रिया दिनुहोस्