धादिङ । धादिङका पाँच वटा स्थानीय तहको मतगणना कार्य सुरु भएको छ ।
जिल्लाको गल्छी गाउँपालिकामा बिहानदेखि मतगणना कार्य सुरु भएको थियो । धुनिबेशी नगरपालिका, खनियाबास गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकामा मध्याह्न १२ बजेदेखि मतगणना सुरु भएको छ ।
नीलकण्ठ नगरपालिकामा भने भर्खरै मतगणना सुरु भएको छ । अरु पालिकाहरुमा मतगणनाबारे छलफल गर्न सर्वदलीय बैठक बसिरहेको जनाइएको छ ।














